राप्रपाका सांसदहरूको सुरक्षार्थ खटिएका प्रहरी किन फिर्ता बोलाइए ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहित तीन जनाकाे सुरक्षामा खटिएका प्रहरीहरुलाई सरकारले फिर्ता बाेलाएकाे छ । राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) हरुलाई सरकारले बुधबार फिर्ता बोलाएको हाे ।
प्रमुख सचेतक ज्ञान बहादुर शाही, पूर्वाधार विकास समिति सभापति दिपक सिंह र सांसद ध्रुवबहादुर प्रधानको सुरक्षार्थ खटिएका प्रहरीलाई फिर्ता बोलाइएको राप्रपाले बताएकाे छ । प्रधान पूर्वआइजिपी रहेकोले पिएसओ दिइएकाे थियो।
प्रहरीका अनुसार नियमित ब्रिफिङका लागी सांसदहरुको सुरक्षामा खटिएका प्रहरी(पिएसओ) हरुलाई बोलाइएको हाे ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले भने, ‘फिर्ता गरेको बारेमा थाहा भएन, नियमित ब्रिफिङको लागी उनीहरुलाई बोलाइएको हो,’ ।
पीएसओ फिर्ता बोलाइएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ हटाएको विषयमा आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय भएको बताए ।