आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

सरकारले समितिका सभापति र प्रमुख सचेतकबाट पीएसओ हटायो : ज्ञानेन्द्र शाही

बुधबार, १४ जेठ २०८२, १३ : ५२
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाका सांसदहरूलाई दिइने सुरक्षा अधिकृत (पीएसओ) सुविधा सरकारले हटाएको दाबी गरे।
  • शाहीले सरकारको यो निर्णय विभेदपूर्ण रहेको र सबैका लागि समान हुनुपर्ने बताए।
  • राप्रपाका सांसदहरूबाट पीएसओ हटाउने निर्णय राजावादी आन्दोलनसँग सम्बन्धित हुनसक्ने शाहीको भनाइ छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) सुविधा सरकारले हटाएको दाबी गरेका छन् । 

पीएसओ हटाउँदा आफूलाई आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय रहेको बताए । बुधबार रातोपाटीसँगको कुराकानीमा उनले भने, ’हामी जनताका मान्छे हाैँ , जनतामै सुरक्षित छाैँ। तर विभेद गरेर राप्रपाको मात्रै पीएसओ हटाइनु निन्दनीय हो ।’

शाहीका अनुसार संसदमा दलका प्रमुख सचेतक, समितिका सभापतिहरू लगायतलाई विगतमा एक/एक जना पीएसओ दिइने व्यवस्था थियो ।

तर, अहिले गृहमन्त्रालयको निर्णयअनुसार राप्रपाका प्रमुख सचेतक र समितिका सभापतिका ती सुरक्षाकर्मी हटाइएको हो ।’आजैबाट हटायो भन्ने सुनेको छु, यथेष्ट इन्फर्म गरेको छैन,’ शाहीले बताए ।

शाहीले यो निर्णय सबैका लागि समान हुनुपर्ने धारणा  राखे। ’विभेद गर्न हुँदैन – हाम्रो खोस्ने, उनीहरूको राख्ने भन्ने कुरा स्वीकार्य हुँदैन,’ उनले भने।  राप्रपाबाट समितिको सभापति दीपक सिंह रहेका छन् भने प्रमुख सचेतकबाट शाहीले सुविधा लिँदै आएका थिए । 

यो निर्णयको पछाडि चलिरहेको राजावादी आन्दोलनसँग सम्बन्ध छ कि छैन भन्नेबारे सोध्दा उनले भने, ’सायद केही होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप