सरकारले समितिका सभापति र प्रमुख सचेतकबाट पीएसओ हटायो : ज्ञानेन्द्र शाही
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाका सांसदहरूलाई दिइने सुरक्षा अधिकृत (पीएसओ) सुविधा सरकारले हटाएको दाबी गरे।
- शाहीले सरकारको यो निर्णय विभेदपूर्ण रहेको र सबैका लागि समान हुनुपर्ने बताए।
- राप्रपाका सांसदहरूबाट पीएसओ हटाउने निर्णय राजावादी आन्दोलनसँग सम्बन्धित हुनसक्ने शाहीको भनाइ छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) सुविधा सरकारले हटाएको दाबी गरेका छन् ।
पीएसओ हटाउँदा आफूलाई आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय रहेको बताए । बुधबार रातोपाटीसँगको कुराकानीमा उनले भने, ’हामी जनताका मान्छे हाैँ , जनतामै सुरक्षित छाैँ। तर विभेद गरेर राप्रपाको मात्रै पीएसओ हटाइनु निन्दनीय हो ।’
शाहीका अनुसार संसदमा दलका प्रमुख सचेतक, समितिका सभापतिहरू लगायतलाई विगतमा एक/एक जना पीएसओ दिइने व्यवस्था थियो ।
तर, अहिले गृहमन्त्रालयको निर्णयअनुसार राप्रपाका प्रमुख सचेतक र समितिका सभापतिका ती सुरक्षाकर्मी हटाइएको हो ।’आजैबाट हटायो भन्ने सुनेको छु, यथेष्ट इन्फर्म गरेको छैन,’ शाहीले बताए ।
शाहीले यो निर्णय सबैका लागि समान हुनुपर्ने धारणा राखे। ’विभेद गर्न हुँदैन – हाम्रो खोस्ने, उनीहरूको राख्ने भन्ने कुरा स्वीकार्य हुँदैन,’ उनले भने। राप्रपाबाट समितिको सभापति दीपक सिंह रहेका छन् भने प्रमुख सचेतकबाट शाहीले सुविधा लिँदै आएका थिए ।
यो निर्णयको पछाडि चलिरहेको राजावादी आन्दोलनसँग सम्बन्ध छ कि छैन भन्नेबारे सोध्दा उनले भने, ’सायद केही होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण