तीनकुने घटना
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
बुधबार, १४ जेठ २०८२, १६ : ४१

काठमाडौँ । गत चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
आपराधिक उपद्रव कसुरका प्रतिवादी श्रवण कुमार लामा र समिर मगरलाई अदालतले ७० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग ३५ हजार धरौटी माग गरेको छ । अदालतले गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजारमा रिहा गर्न आदेश गरेको छ ।
एलिसा राई ‘लक्ष्मी’ र दिनेश महतोसँग जनही १० हजार धरौटी माग गरिएको छ । अभियोजन गरिएका ११ जनामध्ये सिन्धुपाल्चोक घर भएका निर्मला कार्की फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
-
अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा
-
प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त