तीनकुने घटना
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
बुधबार, १४ जेठ २०८२, १६ : ४१
काठमाडौँ । गत चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
आपराधिक उपद्रव कसुरका प्रतिवादी श्रवण कुमार लामा र समिर मगरलाई अदालतले ७० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग ३५ हजार धरौटी माग गरेको छ । अदालतले गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजारमा रिहा गर्न आदेश गरेको छ ।
एलिसा राई ‘लक्ष्मी’ र दिनेश महतोसँग जनही १० हजार धरौटी माग गरिएको छ । अभियोजन गरिएका ११ जनामध्ये सिन्धुपाल्चोक घर भएका निर्मला कार्की फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण