सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने बताउँदै त्यसका लागि राष्ट्रियसभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिस्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरुले माथि लगिदिइहाल्छन् भने जसले पनि आरोहण गर्ने खालको सोचेर सगरमाथा आरोहणलाई त्यति हल्का पनि बनाउन नहुने बताए ।
उनले लागु औषध खाएर सगरमाथा चढ्ने भन्ने कुरा पनि आफूले सुनेकाले त्यस्तो खेलबाड नगर्न आग्रह पनि गरे ।
स्वदेश र विदेशका कीर्तिमानी आरोहीलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण