फिल्म ‘परी’ काे शुभ मुहूर्त
सारांश
- गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्ने फिल्म 'परी' को शुभ मुहूर्त गणेश मन्दिरमा सम्पन्न भयो।
- फिल्ममा किरण केसी, दीपाश्री निरौला, र अन्य कलाकारहरूको उपस्थिति रहेको थियो, किरण केसीले स्क्रिप्टको प्रशंसा गरे।
- फिल्मको छायाङ्कन जेठ २८-२९ गते दोलखा र तनहुँमा हुने र यो काल्पनिक परिको कथामा आधारित छ।
काठमाडौँ । गोविन्द गौतमको लेखन तथा निर्देशन रहने फिल्म ‘परी’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा फिल्मको शुभ–मुहूर्त गरिएको हो ।
कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ । जति डिरेक्टर साप गौतमले गर्नुभएको छ ।’
दीपाश्रीले फिल्ममा दिनानुदिन निर्माताहरू थपिनु राम्रो भएको बताइन् । फिल्ममा भित्रिएका नवप्रवेशीले मिहिनेत धेरै गर्नुपर्ने उनले बताइन् ।
फिल्ममा किरण, दीपा बाहेक अन्यमा प्रियङ्का कार्की, निदेश डिसी, दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायतको अभिनय रहनेछ ।
फिल्मको छायाङ्कन यही जेठ २८–२९ गतेबाट थाल्ने योजना छ । दोलखा र तनहुँ आसपासमा छायाङ्कन हुने फिल्म काल्पनिक परिको कथामा बन्न लागेको हो ।
बाबु श्रेष्ठको छायाङ्कन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सङ्गीत दीपक शर्मा र विकास चौधरीको रहनेछ । फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण