नेशनल ल कलेजले नमुना संयुक्त राष्ट्रसङ्घ सम्मेलन गर्दै

काठमाडौं । नेशनल ल कलेजले नमुना संयुक्त राष्ट्र संघ सम्मेलन गर्ने भएको छ। एमसी-एमयूएन समितिको आयोजनामा जेठ २३ देखि २५ गतेसम्म नमुना संयुक्त राष्ट्र सङ्घ सम्मेलन हुन लागेको हो । सम्मेलनमा तीन सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
विश्वसम्बन्धी समसामयिक मुद्दा, अन्तर्राष्ट्रिय कूटनीति, नीति निर्माण तथा युवा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिँदै आएको MUN सम्मेलनले विद्यार्थीहरूलाई अन्तरक्रिया, बहस र सहकार्यको सशक्त मञ्च प्रदान गर्दै आएको छ।
सहभागिता जनाउन इच्छुक प्रतिनिधिका लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ । सम्मेलनका सबै व्यवस्थापन, कार्यपत्रहरू तथा सहभागिताको प्रमाणपत्र समावेश गरिनेछ।
युवाहरूमा कूटनीतिक दृष्टिकोण र अन्तर्राष्ट्रिय समझदारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिने यस सम्मेलनप्रति उल्लेखनीय उत्साह देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?