सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंह लगायत नेताहरू पक्राउ परेपछि नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोर भर्त्सना गरेको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै भर्त्सना गरेको हो ।
सुवेदीद्वारा हसताक्षरित विज्ञप्तिमा भनिएको छ,'राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य मा.दिपक सिंहलाई संसदीय मर्यादा विपरीत प्रहरीले हिरासतमा लिएपछि सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ ।'
पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग जोडदार माग गरेको छ ।
'सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ,जारी विज्ञप्तिमा भनिएको छ,यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,'सुवेदीद्वारा हसताक्षरित विज्ञप्तिमा अगाडि भनिएकाे छ ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
-
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु