अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
काठमाडौँ । राप्रपा नेपालले आफ्नो अध्यक्ष कमल थापा तथा अन्य नेताहरूलाई शान्तिपूर्ण प्रदर्शनबाट गिरफ्तार गरिएको भन्दै घटनाको कडा विरोध र निन्दा गरेको छ ।
राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिद्वारा आयोजित शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिने क्रममा राज्य संयन्त्रले बर्बरतापूर्वक दमन गरी अध्यक्ष थापालगायत नेताहरूलाई पक्राउ गरेको भन्दै पार्टीले आपत्ति जनाएको हो ।
आइतबार साँझ एक प्रेस विज्ञप्तिमार्फत राप्रपा नेपालले यो कार्यलाई ‘अप्रजातान्त्रिक, निरंकुश, सर्वसत्तावादी र हिंस्रक शैली’ को संज्ञा दिएको छ । साथै संविधानप्रदत्त मौलिक हकहरूमाथि अतिक्रमण भएको आरोप पनि लगाएको छ। र संविधानका धारा १६, १७ र २६९ को उल्लेख गर्दै पार्टीले स्वतन्त्रता र संगठनको अधिकार कुण्ठित गरिएको जनाएको छ ।
पार्टीले अध्यक्ष थापासँगै शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनाको अविलम्ब र विनासर्त रिहाइको माग गरेको हो । साथै, अध्यक्ष थापालाई भेट्न प्रहरी परिसर पुगेका पार्टी सांसद दीपक बहादुर सिंह पक्राउ परेका थिए । सिंहलाई प्रक्राउ गरिएको घटनाको पनि निन्दा गर्दै पार्टीले उनीहरूको रिहाइको पनि माग गरेको छ ।
पक्राउ परेकाहरूलाई अविलम्ब रिहा नगरे आगामी दिनहरूमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । घटनामा संलग्न प्रहरीहरूमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ।
साथै पार्टीले देशभरका नागरिकलाई उच्च मनोबलका साथ आन्दोलनमा सहभागिता जनाउन अपिलसमेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण