आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व क्रिकेटमा छिट्टै नयाँ नियम लागू गर्ने भएको छ । आईसीसीका एक अधिकारीका अनुसार, अर्को महिनादेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नियम लागू गर्ने तयारी भइरहेको छ ।
यो नियम लागू भएपछि बलरहरुलाई फाइदा पुग्ने अनुमान गरिएको छ । पछिल्लो समय सीमित ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा बलरहरुको प्रभाव कम हुँदै गएको गुनासो बढ्दै गएको छ । त्यसैले आईसीसीले नयाँ नियम लागू गर्न लागेको समाचारमा जनाइएको छ ।
हालको नियम अनुसार, एकदिवसीय क्रिकेटको एउटै पालीमा दुबैतर्फबाट बलरले फरक–फरक बलले बलिङ गर्ने गरेका छन् । यसको अर्थ, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको प्रत्येक पालीमा एउटा बलले २५ ओभरमात्र बलिङ गरिन्छ ।
अब नयाँ नियम लागू भएपछि पहिलोदेखि ३४औँ ओभरसम्म बलरले दुबैतर्फबाट फरक–फरक बलले बलिङ गर्नेछन् । ३४ ओभरको खेल सकिएपछि भने फिल्डिङ गर्ने टोलीले ती दुईमध्ये एक बल चयन गर्नु पर्नेछ ।
त्यसपछि ३५औँ ओभरदेखि त्यही एउटा बलले मात्र दुबैतर्फबाट बलिङ गरिनेछ । अथार्त, ३५ देखि ५० ओभरसम्मको खेलमा एउटै बलको प्रयोग गरिनेछ । यो नियम लागू हुने भएपछि बलरहरु पनि उत्साही बनेका छन् ।
पछिल्लो समय सीमित ढाँचाको क्रिकेटमा बलरले फालेको बलमा ‘रिभर्स स्विङ’ खासै देख्न पाइँदैन । एउटा बलले २५ ओभरमात्र खेलाइने भएकाले यस्तो अवस्था सृजना भएको हो । तर, नयाँ नियम लागू भएपछि ३५ ओभरदेखि एउटै बल प्रयोग गरिने भएकाले अन्तिम १० ओभरमा ‘रिभर्स स्विङ’ को कमाल देख्न पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण