आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व क्रिकेटमा छिट्टै नयाँ नियम लागू गर्ने भएको छ । आईसीसीका एक अधिकारीका अनुसार, अर्को महिनादेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नियम लागू गर्ने तयारी भइरहेको छ ।
यो नियम लागू भएपछि बलरहरुलाई फाइदा पुग्ने अनुमान गरिएको छ । पछिल्लो समय सीमित ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा बलरहरुको प्रभाव कम हुँदै गएको गुनासो बढ्दै गएको छ । त्यसैले आईसीसीले नयाँ नियम लागू गर्न लागेको समाचारमा जनाइएको छ ।
हालको नियम अनुसार, एकदिवसीय क्रिकेटको एउटै पालीमा दुबैतर्फबाट बलरले फरक–फरक बलले बलिङ गर्ने गरेका छन् । यसको अर्थ, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको प्रत्येक पालीमा एउटा बलले २५ ओभरमात्र बलिङ गरिन्छ ।
अब नयाँ नियम लागू भएपछि पहिलोदेखि ३४औँ ओभरसम्म बलरले दुबैतर्फबाट फरक–फरक बलले बलिङ गर्नेछन् । ३४ ओभरको खेल सकिएपछि भने फिल्डिङ गर्ने टोलीले ती दुईमध्ये एक बल चयन गर्नु पर्नेछ ।
त्यसपछि ३५औँ ओभरदेखि त्यही एउटा बलले मात्र दुबैतर्फबाट बलिङ गरिनेछ । अथार्त, ३५ देखि ५० ओभरसम्मको खेलमा एउटै बलको प्रयोग गरिनेछ । यो नियम लागू हुने भएपछि बलरहरु पनि उत्साही बनेका छन् ।
पछिल्लो समय सीमित ढाँचाको क्रिकेटमा बलरले फालेको बलमा ‘रिभर्स स्विङ’ खासै देख्न पाइँदैन । एउटा बलले २५ ओभरमात्र खेलाइने भएकाले यस्तो अवस्था सृजना भएको हो । तर, नयाँ नियम लागू भएपछि ३५ ओभरदेखि एउटै बल प्रयोग गरिने भएकाले अन्तिम १० ओभरमा ‘रिभर्स स्विङ’ को कमाल देख्न पाइने छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री