मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
केन्द्रीय कार्यसम्पादन समिति बैठक

कमल थापा, दिपक सिंह लगायत पक्राउपछि राप्रपाले भन्यो - सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास

आइतबार, १८ जेठ २०८२, १९ : ३९
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सकिएको छ । आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक बसेको हो । 

आज निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति राप्रपाले घोर भर्त्सना गरेको छ । 

बैठकपश्चात् राप्रपा प्रवक्ता मोहन कुरमा श्रेष्ठद्धारा हस्तताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा.दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ ।'

राप्रपाले पक्राउ परेकाहरुलाई अविलम्ब र बिनाशर्त रिहाइ गर्न सरकारसँग माग समेत गरेको छ । नेता, कार्यकर्ताहरुलाई शीघ्र रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने समेत प्रवक्ता श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।  

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए ।  

raprapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप