सामान्य वादविवादको क्रममा कुटपिट गरी हत्या
शनिबार, १७ जेठ २०८२, १७ : ०५
सोलुखुम्बु । सोलुखुम्बुमा भाटा र लाठी प्रहार गरेर एक जनाको हत्या भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का ४० वर्षीय प्रेम कुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठीले शरीरको विभिन्न भागमा कुटपिट गर्दा घाइते भएका उनको महाकुलुङ आधारभूत अस्पताल बुङमामा उपचारको क्रममा जेठ १६ गते मृत्यु भएको थियो ।
घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण