मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

जिल्लाको सीमा विवाद समाधान गर्न कार्यदल गठन

शनिबार, १७ जेठ २०८२, १९ : १७
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबीचको सीमा विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ।
  • ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ, जसमा दुवै जिल्लाका अधिकारीहरू सदस्य छन्।
  • खिजिदेम्बा गाउँपालिका-९ र सोलुखुम्बुको सीमा क्षेत्र तोलुगुम्बा बुलबुलेमा लामो समयदेखि विवाद रहेको छ।

सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला बिचको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ । 

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो । 

समितिका सदस्यहरुमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके,सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल सदस्य रहेका छन् । 

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ । २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद  छ । 
बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप