मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
मनसुन

कोशी प्रदेशमा बाढी : कहाँ–कहाँ सडक अवरोध ?

चार वटा सडक अझै खुलेन, पाँच वटा पुन: सञ्चालन
शनिबार, १७ जेठ २०८२, २० : ०३
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • कोशी प्रदेशमा अविरल वर्षापछि आएको बाढीका कारण ९ वटा सडक अवरुद्ध भएका थिए, जसमध्ये ५ वटा एकतर्फी खुलेका छन्।
  • धनकुटाको साँगुरिगढीमा लेउती खोलाले सडक बगाउँदा र अन्य स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन्, जसलाई खुलाउने प्रयास भइरहेको छ।
  • विराटनगरमा केसलिया खोलाको पानी पसेर १४५ घर डुबानमा परे, स्थानीय र सुरक्षाकर्मीको समन्वयमा अस्थायी तटबन्ध निर्माण गरिएको छ।

विराटनगर ।  शनिबार बिहान राति परेको अविरल वर्षा पछिको बाढीका कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वडा सडकमध्ये पाँच वटा एकतर्फी खुलेको छ ।  कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चार वटा सडक खुलेको छैन ।

अझै सुचारु हुन नसकेका सडकहरूमा कोशी राजमार्ग धनकुटाको साँगुरिगढी ६ फेदिस्थित लेउती खोलामा आएको बाढीले १ सय मिटर सडक कटान गरेर बगाएको छ । उक्त सडकको वैकल्पिक मार्ग पनि नभएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै धनकुटाको चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन तमोर करिडोरको सडक खण्डअन्तर्गत छरुवा खोलामा बाढी आउँदा बाटो अवरुद्ध बनेको छ । यस्तै साँगुरिगढी ५ पहिरेस्थित डाँडाबजार, लुम्बाजुङ, कुहिभिर, ढाडेडाँडाको रवि राँके भेडेटार सडकमा पहिरो खस्दा एक पिकअप भेन पुरेको छ । उक्त सडक पनि अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । 

उता, उदयपुरको बेलका नगरपालिका ८ कोठुखोलास्थित उदयपुर मैनामैनी चुहार हुँदै भोजपुरसम्म सञ्चालन हुने भित्री सडक पहिरोको कारण अवरुद्ध बनेको छ । अहिलेसम्म सो सडक खुल्न सकेको छैन । अवरुद्ध सबै सडक खुलाउने प्रयास जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी ईश्वरबाबु कार्कीले जानकारी दिए । 

वर्षापछि आएको बाढीले अवरुद्ध बनेको धनकुटाको साँगुरिगढी ६ स्थित नमस्ते झरना छेउमा अवरुद्ध बनेको कोशी राजमार्ग एकतर्फी खुलेको छ । यस्तै कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान १३ निशाने खोलामा आएको बाढीले पुलमा लेदो थुप्रिएको र रुख ढलेको कारण बन्द भएको बाटो पनि खुलेको छ । 

यस्तै सुनसरीको चतरा बहराह क्षेत्र भित्री सडक खण्डमा १५ मिटर झरेको पहिरो सुरक्षाकर्मी हटाएको छ भने झापाको मेचीनगर ६ कालिखोलास्थित पूर्वपश्चिम राजमार्गमा आएको बाढीका कारण बगाएको कालिखोला डाइभर्सन पुनः निर्माण गरिएको छ । यस्तै इलामको माइ नगरपालिका ७ स्थित महमाई इलामबाट लारुम्बा जाने भित्री पक्की सडक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बाटो पुनः सुचारु भएको प्रहरीले जनाएको छ । 

यसैबिच विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा केसलिया खोलाको पानी पसेको छ । पानीका कारण १४५ घर जलमग्न भए । बस्ती जोगाउन विराटनगर महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समन्वयमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । बस्ती छेउबाट केसलिया खोला बग्छ । यस खोलाले वर्षायाममा बारम्बार डिल कटान गर्दै आएको छ । यसपटक पनि बाँध भत्काएर खोला बस्तीमा पसेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप