उभिएर किन पिउनुहुन्न पानी ?

काठमाडौँ । पानी हाम्रो शरीरका लागि निकै धेरै आवश्यक छ । मान्छे खाना नखाएर त बाँच्न सक्ला तर पानी बिना बाँच्न सक्दैन भन्ने कुरा त तपाईंले सुन्दै आउनुभएको होला । पानीले हाम्रो शरीरलाई हाइड्रेट त राख्छ नै हामीलाई कयौँ रोगबाट पनि बचाउँछ । स्वास्थ्य विज्ञ र डाक्टरहरूको कुरा मान्नुहुन्छ भने हामीले दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनुपर्छ ।
पानी पिउनु आवश्यक छ । तर यसको सेवनबाट सम्पूर्ण लाभ दिन पानी पिउने सही तरिका थाहा हुन जरुरी छ । धेरै जसो मानिसलाई पानी पिउने सही तरिका नै थाहा छैन । मानिसहरू हतारमा उभिइ उभिइ पानी पिउँछन् । तर यसरी पानी पिउनु पूरै गलत हो । उभिएर पानी पिउनु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आजको यस लेखमा हामी उभिएर पानी पिउँदाका बेफाइदाबारे कुरा गर्नेछौँ ।
–फोक्सोमा क्षति
उभिएर पानी पिउँदा फोक्सो र मुटुलाई क्षति पुग्न सक्छ । उभिएर पानी पिउँदा हावा र खानेकुरा जाने पाइपमा अक्सिजनको सप्लाई रोकिन्छ । यस्तोमा फोक्सोको साथै मुटुमा पनि असर पर्दछ ।
–जोर्नीमा पीडा
उभिएर पानी पिउँदा पानी तीव्र गतिमा शरीर भएर जोर्नीमा जम्मा हुन थाल्छ । यसका कारण जोर्नीमा असर गर्छ र दुख्ने समस्या हुन थाल्छ ।
–पाचनमा समस्या
उभिएर पानी पिउने बानीका कारण शरीरको पाचन प्रणालीमा समस्या उत्पन्न हुन्छ अनि अपच हुन सक्छ ।
–घट्दैन एसिड स्तर
उभिएर पानी पिउँदा शरीरमा एसिडको स्तर घट्दैन । एसिडका कारण शरीरको पाचन प्रणाली प्रभावित हुन्छ । यस्तोमा सधैँ पानी बसेरै पिउनु पर्छ ।
पानी सधैँ शान्तिपूर्वक बसेर पिउनुपर्छ । बसेर पानी पिउँदा यसबाट शरीरले पाउने पोषक तत्त्व मस्तिष्कसम्म पुग्दछ र शरीरलाई फाइदा पुग्दछ ।
अस्वीकरण : यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही
-
टर्कीमा गयो भूकम्प, सात जना घाइते
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण