नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
सारांश
- अछामको बान्निगढी बर्दादेवी डाँडामा विपद् र आपतकालीन अवस्थाका लागि हेलिप्याड निर्माण गरियो।
- गोरख बक्स गणले बान्निगढी जयगढ गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरेको छ, जसले नागरिक र सेनाबीचको सम्बन्ध बलियो बनाउँछ।
- गाउँपालिकाको आर्थिक सहयोग र सैनिकको श्रमदानबाट बनेको हेलिप्याडले बर्दादेवी मन्दिरको प्रचारमा सहयोग गर्नेछ।
अछाम । विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ ।
नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए । उनले भने, “यसबाट नागरिक र सैनिकबीचको सम्बन्धलाई कसिलो बनाउन सहयोग मिल्छ । ” नवनिर्मित हेलिप्याड बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले हेलिप्याड निर्माणबाट जिल्लाको पर्यटकीय एवं धार्मिक क्षेत्र बर्दादेवी मन्दिरको प्रचारप्रसारका लागि टेवा समेत पुग्ने बताए । उनका अनुसार गाउँपालिकाको रु एक लाख ५० हजार सहयोग र सैनिकले श्रमदान गरी हेलिप्याड निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण