अपडेट
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
मङ्गलबार, २० जेठ २०८२, ०९ : ४७

काठमाडौँ । सांसद प्रकाश ज्वालाले गए राति यातायात व्यवसायीसँग भएको सहमतिले यातायातको क्षेत्रमा फेरि सिन्डिकेट भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
'हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो,' उनले भने,'सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।'
राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने उनको भनाइ थियो ।
'सार्वजनिक यातायातलाई कम्पिटिसन गर्न नदिने त । अहिले राइड सेयरिङले धेरै सहज भएको छ,'उनले भने,'मान्छेलाई सुविधा चाहियो । यो सहमति आपत्तिजन्य छ । यसले पब्लिकलाई ठुलो समस्या पार्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा