अपडेट
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
मङ्गलबार, २० जेठ २०८२, ०९ : ४७
काठमाडौँ । सांसद प्रकाश ज्वालाले गए राति यातायात व्यवसायीसँग भएको सहमतिले यातायातको क्षेत्रमा फेरि सिन्डिकेट भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
'हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो,' उनले भने,'सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।'
राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने उनको भनाइ थियो ।
'सार्वजनिक यातायातलाई कम्पिटिसन गर्न नदिने त । अहिले राइड सेयरिङले धेरै सहज भएको छ,'उनले भने,'मान्छेलाई सुविधा चाहियो । यो सहमति आपत्तिजन्य छ । यसले पब्लिकलाई ठुलो समस्या पार्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण