आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा

समाचार सारांश
- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला एकदिवसीय विश्वकप भारतमा आयोजना गर्दैछ, जुन सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म हुनेछ।
- भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण पाकिस्तानले भारतीय भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेको छ।
- पाकिस्तानले महिला विश्वकपका आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्नेछ, जसमा भारतसँगको खेल पनि समावेश छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला एकदिवसीय विश्वकपको १३औँ संस्करण भारतमा आयोजना गर्दै छ । प्रतियोगिता आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ तारिखसम्म आयोजना हुनेछ ।
प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सहभागिता जनाउने छन् ।
तर, भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण पाकिस्तानले भारतीय भूमिमा क्रिकेटको कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरिसकेको छ । यसअघि आईसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमा आयोजना भएको थियो ।
तर, भारतले सुरक्षाको कारण देखाउँदै च्याम्पियन्स ट्रफी खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि लामै समय विवाद चलेको थियो । त्यसपछि आईसीसीको मध्यस्थतामा भारत र पाकिस्तानले आगामी तीन वर्षसम्म एक–अर्काको भूमिमा कुनै पनि प्रतियोगिता नखेल्ने सहमति जुटेको थियो ।
सोही अनुरुप, पाकिस्तानले पनि भारतीय भूमिमा महिला विश्वकप नखेल्ने अडान लिएको हो । त्यसैले आईसीसीले महिला विश्वकपमा पाकिस्तानी टोलीको खेल श्रीलङ्कामा खेलाउने भएको छ । महिला विश्वकपमा सहभागी आठवटै टोलीलाई एउटै समूहमा राखिएको छ ।
त्यसैले प्रारम्भिक चरणमा प्रत्येक टोलीले एक–अर्कासँग खेल्नु पर्नेछ । पाकिस्तानले अन्य टोलीसँगै भारतसँग पनि खेल्नु पर्नेछ । सोही अनुरुप, पाकिस्तानले लिग चरणमा आफ्नो सातवटै खेल अब श्रीलङ्कामा खेल्ने आईसीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?