आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
सारांश
- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला एकदिवसीय विश्वकप भारतमा आयोजना गर्दैछ, जुन सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म हुनेछ।
- भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण पाकिस्तानले भारतीय भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेको छ।
- पाकिस्तानले महिला विश्वकपका आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्नेछ, जसमा भारतसँगको खेल पनि समावेश छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला एकदिवसीय विश्वकपको १३औँ संस्करण भारतमा आयोजना गर्दै छ । प्रतियोगिता आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ तारिखसम्म आयोजना हुनेछ ।
प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सहभागिता जनाउने छन् ।
तर, भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण पाकिस्तानले भारतीय भूमिमा क्रिकेटको कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरिसकेको छ । यसअघि आईसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमा आयोजना भएको थियो ।
तर, भारतले सुरक्षाको कारण देखाउँदै च्याम्पियन्स ट्रफी खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि लामै समय विवाद चलेको थियो । त्यसपछि आईसीसीको मध्यस्थतामा भारत र पाकिस्तानले आगामी तीन वर्षसम्म एक–अर्काको भूमिमा कुनै पनि प्रतियोगिता नखेल्ने सहमति जुटेको थियो ।
सोही अनुरुप, पाकिस्तानले पनि भारतीय भूमिमा महिला विश्वकप नखेल्ने अडान लिएको हो । त्यसैले आईसीसीले महिला विश्वकपमा पाकिस्तानी टोलीको खेल श्रीलङ्कामा खेलाउने भएको छ । महिला विश्वकपमा सहभागी आठवटै टोलीलाई एउटै समूहमा राखिएको छ ।
त्यसैले प्रारम्भिक चरणमा प्रत्येक टोलीले एक–अर्कासँग खेल्नु पर्नेछ । पाकिस्तानले अन्य टोलीसँगै भारतसँग पनि खेल्नु पर्नेछ । सोही अनुरुप, पाकिस्तानले लिग चरणमा आफ्नो सातवटै खेल अब श्रीलङ्कामा खेल्ने आईसीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण