कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
सारांश
- हास्य कलाकार घनश्याम गौतम 'नक्कली प्रचण्ड'को निधनपछि कलाकर्मीले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिए।
- क्यानसरबाट पीडित गौतमको उपचारको क्रममा निधन भएको हो। उनको अन्त्येष्टि आजै गरिनेछ।
- कलाकारिता क्षेत्रका दीपाश्री निरौला, रवीन्द्र खड्का लगायतका कलाकारहरूले श्रद्धाञ्जली दिएका थिए।
काठमाडौँ । गएराति निधन भएका हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका बिहान ९ बजेदेखि १० बजेसम्म पशुपति आयघाटमै राखिएको थियो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन अभिनेत्री निर्देशक दीपाश्री निरौला, वरिष्ठ कलाकार रवीन्द्र खड्का, मदनदाश श्रेष्ठ, राजु केसी र सानापर्दाका थुप्रै कलाकर्मी पुगेका थिए । अन्तिम श्रद्धाञ्जलीमा कलाकर्मीले उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर बिदाइ गरेका छन् ।
श्रद्धाञ्जली दिन पशुपति पुगेका अधिकांश कलाकर्मीले उनको अभिनय र योगदानको चर्चा गरेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।
करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित गौतमको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।
_qQ0E45tzi9.jpg)
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।
_ZcsvwPLxFo.jpg)
अघिल्लो वर्षको तिहारमा देउसी भैला गीत सार्वजनिक गर्न सफल भएका यी कलाकारको पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।
_Oya5EEzVk1.jpg)
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
_qpvVWJ7nJq.jpg)
_G1SfhAHjo3.jpg)
_w4vYbkTvBw.jpg)
_UtNpkHLQEZ.jpg)
_C8xmkdWFai.jpg)
_lMMnwfxRAx.jpg)
_gsJ97JmSpm.jpg)
_0QKQj9q88s.jpg)
_WxLyjABF0q.jpg)
_0qqIngHZl3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण