बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

आगलागीमा परेर वृद्धको मृत्यु

सोमबार, १९ जेठ २०८२, १२ : २१
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • कैलालीको गौरीगंगा नगरपालिकामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।
  • आइतबार राति अनिल चौधरीको गोठमा आगलागी हुँदा उनको गोठमा सुतिरहेका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको हो।
  • प्रहरीले आगलागीको कारण नखुलेको र गोठ पूर्णरूपमा जलेर नष्ट भएको जनाएको छ।

गोदावरी । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप