पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन आइतबार पनि स्कर्टिङ
_zLwsAn3m3R.jpg)
समाचार सारांश
- यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा यात्रु अलपत्र परेका छन्।
- सशस्त्र प्रहरीले आइतबार २५ वटा पर्यटक बसमा यात्रुलाई स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्यायो।
- यातायात व्यवसायीले 'राइड सेयरिङ' नियमावलीको विरोध गर्दै प्रदेशभर सार्वजनिक यातायात बन्द गरेका हुन्।
कास्की । यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार पनि स्कर्टिङ गरेर गन्तव्यसम्म पठाइएको छ ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको छ । जसका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ । यस्तै त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरेर मुग्लिनसम्म पठाउने गरी योजना बनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए । शनिबार पनि करिब ९९ यात्रुलाई यसैगरी स्कर्टिङ गरिएको थियो ।
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
-
पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
-
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बन्धक
-
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु