पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन आइतबार पनि स्कर्टिङ
सारांश
- यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा यात्रु अलपत्र परेका छन्।
- सशस्त्र प्रहरीले आइतबार २५ वटा पर्यटक बसमा यात्रुलाई स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्यायो।
- यातायात व्यवसायीले 'राइड सेयरिङ' नियमावलीको विरोध गर्दै प्रदेशभर सार्वजनिक यातायात बन्द गरेका हुन्।
कास्की । यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार पनि स्कर्टिङ गरेर गन्तव्यसम्म पठाइएको छ ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको छ । जसका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ । यस्तै त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरेर मुग्लिनसम्म पठाउने गरी योजना बनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए । शनिबार पनि करिब ९९ यात्रुलाई यसैगरी स्कर्टिङ गरिएको थियो ।
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण