अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
आइतबार, १८ जेठ २०८२, १७ : २३
काठमाडौँ । राजावादीहरूको प्रदर्शनस्थलबाट आइतबार थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हिन्दुबादी अभियन्ता डा. राजीव झा छन् । रौतहट घर भएका ४५ वर्षीय झा लाई पनि प्रदर्शनको क्रममा नक्साल स्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शन स्थलबाट नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या सात पुगेको छ ।
आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ ।
राजावादी समूहले राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण