हिन्दु संस्थाको दबाबपछि ‘जनै हराएको बाहुन’बाट हट्यो 'बाहुन'
काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले चलचित्रको नाम परिवर्तन गरेर ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ राखिएको जानकारी गराएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा 'मान्छे' राखिएको हो ।
आगामी भदौ ६ गते रिलिज मिति तोकिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सटमा दुई वटा झोला बोकेर उनी घरबाट निस्किन लागेको जस्तो देखिन्छ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन भएको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । फिल्मले आमा र छोराबिचको भावनात्मक कथा भन्ने न्यौपाने बताउँछन् ।
चलचित्रमा अभिनेता बरालसँगै केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायत पनि अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सहनिर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङको डीओपी र कृष्ण परियारको छायांकन छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण