बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

मस्कले ल्याए एक्सच्याट, यस्ता छन् फिचरहरू

सोमबार, १९ जेठ २०८२, १७ : ४९
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा नयाँ म्यासेजिङ फिचर लञ्च गरेका छन् । एक्सच्याट नाम दिइएको यस सेवामा यूजरले म्यासेज, भिडियो र अडियो कलको सुविधा पाउनेछन् । 

यसमा एन्ड–टू–एन्ड इनक्रिप्शन, अटो डिलेटेड सन्देश र हरेक प्रकारका फाइलहरू सेन्ड गर्ने अप्शन आदि फिचर पनि छन् । यो सुविधा अहिले बीटा वर्जनमा मात्रै उपलब्ध छ । मस्कले आइतबार यो फिचरबारे जानकारी दिएका थिए । 

‘नयाँ एक्सच्याटको रोलआउट गरिँदैछ । यसमा इनक्रिप्शन, आफैं बिलाउने म्यासेज र फाइल सेन्ड गर्ने विकल्प छन्,’ मस्कले पोष्टमा लेखेका छन् । यसमा बिटक्वाइन–स्टाइल इनक्रिप्शनको प्रयोग गरिएको दाबी मस्कको छ । यो अर्काे न्यू आर्किटेक्चरमा तयार भएको उनले बताए । मस्कले अर्को पोस्टमा एक्सच्याटको मद्दतले प्रयोगकर्ताले अडियो र भिडियो कल गर्न सक्ने बताएका छन् । यसमा ह्वाट्स एपको जस्तै मोबाइल नम्बर लिङ्क गर्नु पर्दैन । 

यो अहिले परीक्षण चरणमा छ । केही व्यक्तिको मोबाइलमा यसको परीक्षण भइरहेको बताइएको छ । तर यसलाई कहिले सर्वसाधारणको लागि लञ्च गरिन्छ भनेर कम्पनीले अहिलेसम्म केही पनि भनेको छैन ।

एक्सले इनक्रिप्ट म्यासेजिङ सेवाको शुरुवात वर्ष २०२३ मा गरेको थियो । त्यतिबेला यसलाई सीमित मानिसहरूलाई मात्रै प्रयोग गर्न दिइएको थियो । यसमा भएको प्रायः हरेक फिचर ह्वाट्सएपसँग मिल्ने खालका छन् । एक्सले ह्वाट्सपएलाई टक्कर दिनका लागि यसलाई ल्याएको विश्लेषण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप