मस्कले ल्याए एक्सच्याट, यस्ता छन् फिचरहरू
काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा नयाँ म्यासेजिङ फिचर लञ्च गरेका छन् । एक्सच्याट नाम दिइएको यस सेवामा यूजरले म्यासेज, भिडियो र अडियो कलको सुविधा पाउनेछन् ।
यसमा एन्ड–टू–एन्ड इनक्रिप्शन, अटो डिलेटेड सन्देश र हरेक प्रकारका फाइलहरू सेन्ड गर्ने अप्शन आदि फिचर पनि छन् । यो सुविधा अहिले बीटा वर्जनमा मात्रै उपलब्ध छ । मस्कले आइतबार यो फिचरबारे जानकारी दिएका थिए ।
‘नयाँ एक्सच्याटको रोलआउट गरिँदैछ । यसमा इनक्रिप्शन, आफैं बिलाउने म्यासेज र फाइल सेन्ड गर्ने विकल्प छन्,’ मस्कले पोष्टमा लेखेका छन् । यसमा बिटक्वाइन–स्टाइल इनक्रिप्शनको प्रयोग गरिएको दाबी मस्कको छ । यो अर्काे न्यू आर्किटेक्चरमा तयार भएको उनले बताए । मस्कले अर्को पोस्टमा एक्सच्याटको मद्दतले प्रयोगकर्ताले अडियो र भिडियो कल गर्न सक्ने बताएका छन् । यसमा ह्वाट्स एपको जस्तै मोबाइल नम्बर लिङ्क गर्नु पर्दैन ।
यो अहिले परीक्षण चरणमा छ । केही व्यक्तिको मोबाइलमा यसको परीक्षण भइरहेको बताइएको छ । तर यसलाई कहिले सर्वसाधारणको लागि लञ्च गरिन्छ भनेर कम्पनीले अहिलेसम्म केही पनि भनेको छैन ।
एक्सले इनक्रिप्ट म्यासेजिङ सेवाको शुरुवात वर्ष २०२३ मा गरेको थियो । त्यतिबेला यसलाई सीमित मानिसहरूलाई मात्रै प्रयोग गर्न दिइएको थियो । यसमा भएको प्रायः हरेक फिचर ह्वाट्सएपसँग मिल्ने खालका छन् । एक्सले ह्वाट्सपएलाई टक्कर दिनका लागि यसलाई ल्याएको विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण