‘मिस एन्ड मिस्टर रोयल ग्लोबल क्विन नेपाल २०२५’मा छानिए ४ विजेता
काठमाडौँ । विवाहित र अविवाहित महिलाहरू बिचको सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ सम्पन्न भएको छ । आइतबार अबेर साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न प्रतियोगितामा एकसाथ ४ विजेता छानिएका हुन् ।
जसमा अविवाहित अर्थात् ‘मिस रोयल ग्लोबल क्विन नेपाल २०२५’ तर्फ दिपा क्षेत्री शीर्ष विजेता बनिन् भने मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् ।यस्तै विवाहित अर्थात् ‘मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’तर्फ सारिका बुढा शीर्ष विजेता बन्दा सिर्जना राई फर्स्ट रनरअप बनिन् ।
आयोजक शाह स्टुडियो एन्ड कम्पनी प्रा.ली.का अध्यक्ष मोनु शाहले ४ जानै विजेताहरूले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने जानकारी दिए ।
शाहका अनुसार मिस तर्फकी विजेता दिपा र मिसेस तर्फकी विजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फर्स्ट रनरअप मेरिता र मिसेस तर्फकी फर्स्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् ।
उनीहरू मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुई महिना भित्रमा पुगिसक्ने जानकारी गराइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण