चार दशकअघिको चर्चित गीत ‘परालको आगो’मा रहने

काठमाडौँ । नेपाली फिल्मको पहिलो महिला सङ्गीतकार शान्ति ठटालको कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन’ गीत फिल्म ‘परालको आगो’ मा रहने भएको छ । निर्माण पक्षले सङ्गीतकार ठटालसँग गीतका लागि अनुमति लिइसकेको जनाएको छ । गीतका लागि निर्माता पोखरेलले उनको निवासमै पुगेर अनुमति लिएको हो ।
करिब चार दशकअघि प्रदर्शनमा आएको ‘परालको आगो’ नै नाम गरेको फिल्मको गीत नयाँमा पनि राख्ने अनुमति लिइएको निर्माता पोखरेलले बताए ।ठटालकै निवास भारतको सिलगुडी पुगी अनुमति लिइएको निर्माता पोखरेलले जानकारी दिए । यस गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर छ ।
उनका अनुसार दुवै पक्षबिच कागजी सम्झौतासमेत भएको छ । सङ्गीतकार ठटालले पनि यस गीत नयाँ फिल्ममा समावेश गर्न अनुमति दिएको बताएकी छन् । ठटालले दुई सय भन्दा बढी गीतहरूमा सङ्गीत दिएकी छन् । उनी सिक्किमको सांस्कृतिक विभागको निर्देशकबाट सेवा निवृत्त भएकी हुन् ।
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित भएर पुनः बनाउन लागिएको फिल्म ‘परालको आगो’मा अभिनेताद्वय जितु नेपाल, प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ ।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेकी हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा सङ्ग्रह ‘नासो’मा संग्रहित छ ।
उनले दर्जनौँ मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठुलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौँ अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारको निर्देशनमा फिल्म बन्न लागेको जानकारी दिए । साथै फिल्म २०८२ को दसैँमा आउने पनि उनले खुलाए ।
पुरानो फिल्म ‘परालको आगो’ ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले निर्माण गरेका थिए ।निर्माता पोखरेलले यस पटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए ।
निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायाङ्कनमा जाँदै छ । ‘परालको आगो’मा दुई पात्र ‘चामे’ र ‘गौँथली’को झैँ झगडालाई प्रस्तुत गरिएको छ ।
निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’
-
अब बोल्ड बन्छु : गरिमा शर्मा