राजावादीको बैठकमा माइक खोसाखोस, शीर्ष नेता बाहिरिए
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ । बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित बनेको छ ।
बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका अनुसार ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधिसहितको बैठक भएकाले सहभागी खचाखच थिए । बैठकमा सहभागी धेरै भएको तर, बोल्न सबैलाई उपलब्ध नभएपछि उनीहरूले बोल्न समय माग गर्दै माइक खोसाखोस गर्न थालेपछि अवस्था असहज बनेको ती नेताको भनाइ छ ।
जसका कारण दोस्रो चरणको आन्दोलन तय गर्ने भनिएको बैठकले कुनै ठोस निर्णय गर्न सकेन । बैठक असहज बनेसँगै राजावादी समूहका शीर्ष नेताहरू बैठक हलबाट बाहिरिएका छन् ।
अब सीमित नेताहरू कुनै ठाउँमा बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ती नेताको भनाइ छ । बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भने सहभागिता रहेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण