शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

राजावादीको बैठकमा माइक खोसाखोस, शीर्ष नेता बाहिरिए

बुधबार, २१ जेठ २०८२, १५ : ४३
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ । बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित बनेको छ । 

बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका अनुसार ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधिसहितको बैठक भएकाले सहभागी खचाखच थिए । बैठकमा सहभागी धेरै भएको तर, बोल्न सबैलाई उपलब्ध नभएपछि उनीहरूले बोल्न समय माग गर्दै माइक खोसाखोस गर्न थालेपछि अवस्था असहज बनेको ती नेताको भनाइ छ । 

जसका कारण दोस्रो चरणको आन्दोलन तय गर्ने भनिएको बैठकले कुनै ठोस निर्णय गर्न सकेन । बैठक असहज बनेसँगै राजावादी समूहका शीर्ष नेताहरू बैठक हलबाट बाहिरिएका छन् ।

अब  सीमित नेताहरू कुनै ठाउँमा बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ती नेताको भनाइ छ । बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भने सहभागिता रहेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप