भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
काठमाडौँ । भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो रिपोर्टअनुसार मङ्गलबार मात्र ३ सय नयाँ कोरोना सङ्क्रमणका केसहरू पुष्टि भएका छन् । तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस भेटिएका छन् । यससँगै भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय २ पुगेको छ ।
हालसम्म भारतका २७ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा कोरोना फैलिसकेको छ। यद्यपि ९ वटा राज्यहरूमा हालसम्म कुनै पनि सङ्क्रमित नभेटिएका त्यहाँका सञ्चारमाध्यमलाई उद्धृत गर्दै भास्करले लेखेको छ ।
सबैभन्दा बढी १ हजार ३ सय ७३ सक्रिय केस केरला राज्यमा भेटिएका छन्, जुन सबैभन्दा प्रभावित राज्य बनेको छ । त्यसपछि ५ सय १० सक्रिय केससहित महाराष्ट्र दोस्रो स्थानमा रहेको छ ।
जनवरीदेखि देखा परेको कोरोना भाइरसका नयाँ भेरियन्टहरूले हालसम्म देशभर ४४ जनाको ज्यान लिइसकेको छ । तीमध्ये ३७ जनाको मृत्यु पछिल्ला ५ दिनमा मात्र भएको हो ।
मङ्गलबार मात्रै महाराष्ट्रमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । जससँगै यस राज्यमा मृत्यु सङ्ख्या १४ पुगेको छ। दिल्ली, गुजरात र तमिलनाडुमा पनि एक–एक जनाको मृत्यु भइसकेको छ ।
हिमाचल प्रदेशमा मङ्गलबार पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि राज्य सरकारले सबै अस्पतालहरूमा मास्क अनिवार्य गरेको छ । उता केरला सरकारले नयाँ गाइडलाइनअन्तर्गत रहेर सबै सरकारी तथा निजी अस्पतालमा मोक ड्रिल (पूर्व अभ्यास) गर्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण