पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?
काठमाडौँ । ‘महानायक’ राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रूपमा अगाडि बढाइरहेका छन् । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन ।
उनै, हमाल मङ्गलवार पोखरा पुगे । फिल्मको सिङ्गो टिमसहित पोखरा पुगेका हमाल दिनभर व्यस्त रहे । पोखरामा जारी गण्डकी कोटी होममा सहभागी भएका हमालले एक घण्टा समय बिताए ।
कोटी होममा पुगेर उनले जीवन,दर्शन एवं मनोरञ्जनको कुरा गरे । हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । हमालको साथमा फिल्मका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म जेठको ९ गतेबाट रिलिजमा आएको हो । फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण