युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने युवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन् ।
काठमाडौँको बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नव प्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्त्व दिइएको बताए ।
“युवाहरूले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठिक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन्’’,प्रधानमन्त्री ओलीले भने, “अब युवाहरूले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले युवाहरुले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को संवर्द्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए ।
‘आइडिया स्टुडियो’ का संस्थापक डा. छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरूको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण