बाँके र रसुवामा दुई किशोरी बलात्कृत
सारांश
- बाँकेमा एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । बाँके र रसुवामा दुई किशोरीमाथि जबरजस्ती करणी भएको छ ।
बाँकेमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका-५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण