बाँके र रसुवामा दुई किशोरी बलात्कृत

समाचार सारांश
- बाँकेमा एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । बाँके र रसुवामा दुई किशोरीमाथि जबरजस्ती करणी भएको छ ।
बाँकेमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका-५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य