इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, २२ जेठ २०८२, १८ : ३५

काठमाडौँ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय,ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ सेवाग्राहीबाट रू ६ लाख ७० हजार घुस लिइसकेको अवस्थामा अख्यितारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
यादवले सेवाग्राहीबाट २०८१ चैत्र ८ गते एक लाख र पुन: छैठौँ रनिङ बिल भुक्तानीको लागि २०८२ जेठ १ गते ५ लाख ७० हजार घुस रकम लिएका थिए । उनीमाथि आज विशेष अदालत काठमडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै आएन कर्णालीको बजेट : सांसद्देखि कर्मचारीहरू बाहिर कुरेको कुर्यै, नेताहरू छलफलमै व्यस्त
-
मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा