इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, २२ जेठ २०८२, १८ : ३५
काठमाडौँ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय,ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ सेवाग्राहीबाट रू ६ लाख ७० हजार घुस लिइसकेको अवस्थामा अख्यितारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
यादवले सेवाग्राहीबाट २०८१ चैत्र ८ गते एक लाख र पुन: छैठौँ रनिङ बिल भुक्तानीको लागि २०८२ जेठ १ गते ५ लाख ७० हजार घुस रकम लिएका थिए । उनीमाथि आज विशेष अदालत काठमडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण