सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन

समाचार सारांश
- हलिउड फिल्म 'तेन्जिङ'को नेपालमा छायाङ्कन सकियो, जसमा टम हिडल्स्टन, थिन्ले ल्हामो र गेन्देन फुन्त्सोक मुख्य भूमिकामा छन्।
- फिल्मले तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको सगरमाथा आरोहणको कथालाई चित्रण गर्दछ, जसमा नेपाली अभिनेत्री थिन्लेले पनि अभिनय गरेकी छिन्।
- यो फिल्म एप्पल ओरिजिनल फिल्मस्ले निर्माण गरेको हो, जसमा विलेम डेफो, केट्रिओना बाल्फे र लुक डेभिस लगायतका कलाकार र प्राविधिकहरूको संलग्नता छ।
काठमाडौँ । एप्पल ओरिजिनल फिल्मस्ले निर्माण गरिरहेको हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन सकिएको छ । एड्मन हिलारीसँगै सगरमाथा चढेका नोर्गेको जीवनीमाथि बनिरहेको फिल्मको नेपालको काठमाडौँ, ललितपुर, बन्दीपुर, मुस्ताङ त खुम्जुङ लगायतको क्षेत्रमा छायाङ्कन गरिएको छ । फिल्ममा जेनिफर पिडमको निर्देशन रहेको छ ।
एप्पलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार फिल्ममा गोल्डेन ग्लोब विजेता टम हिडल्स्टनले न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीको भूमिकामा देखिने भएका छन् । फिल्ममा नेपाली अभिनेत्री थिन्ले ल्हामो देखिने भएकी छिन् । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि बनिरहेको फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेको मुख्य भूमिकामा छन्। नेपाली अभिनेत्री थिन्ले नोर्गेको श्रीमतीको रूपमा गेन्देनको अपोजिट भूमिकामा देखिदैछिन् । उनले यसअघि शाम्बाला, नाका र हरि फिल्ममा अभिनय गरेकी थिइन् ।
त्यस्तै, बहुँएकेडेमी अवार्ड मनोनीत विलेम डेफो अभियान नेता कर्नल जोन हन्टको भूमिकामा देखिनेछन् । फिल्ममा गोल्डेन ग्लोब, बाफ्टा अवार्ड मनोनीत केट्रिओना बाल्फे पनि छिन्। सन् १९५३ मा शेर्पा तेन्जिङ नोर्गे र न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पहिलो पटक सफल आरोहण गरेका थिए। यो फिल्म त्यही ऐतिहासिक घटनामा आधारित छ । तेन्जिङको नेपालमा छायांकनको संयोजन तीन कम्पनीमध्ये फिल्म डेस्टिनेसन नेपालका प्रमुख राजेन्द्र घिमिरे हुन् ।
एकेडेमी अवार्ड मनोनीत लुक डेभिसले फिल्मको पटकथा लेखेका छन् । तेन्जिङ नोर्गेका छोरा नोर्बु तेन्जिङ फिल्मको कार्यकारी निर्माता हुन् । एप्पलको यो फिल्म निर्माणमा अस्ट्रेलियन कम्पनी सिस समेत संलग्न छ । सिसले भारत र नेपालको छायाङ्कनको जिम्मा भारतीय कम्पनी आइटपलाई जिम्मा दिएको थियो । आइटपसँग नेपाली तीन कम्पनी होल्डीलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रुले संयोजन गरेको छ। भारतको तर्फबाट लाइन प्रोड्युसर राकेश र प्रबेश सहनी छन्, भने नेपालको तर्फ बाट बलिउड लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र भुवन भारती प्रडक्सनमा छन् । तेसैगरि निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुली नेपालको तर्फ कन्सल्टेन्ट रुपमा रहेर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’
-
धनगढीको मुख्य सडक विस्तारमा बजेट अभाव
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री