शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

बिहीबार बेपत्ता गोताखोर अझै भेटिएन

शुक्रबार, २३ जेठ २०८२, १९ : ३२
शुक्रबार, २३ जेठ २०८२

सप्तरी । बिहीबार साँझ सप्तकोशी नदीमा बेपत्ता गोताखोर अझै भेटिएको छैन । हिजाे सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बलका दुई वटा गोताखोर बेपत्ता भएका थिए । 

सशस्त्र प्रहरी जवान सुरज साउँद र हरदेव राजवंशी बेपत्ता भएकामा राजवंशीको शव फेला परेको छ । बिहान फेला परेका राजवंशीको अन्त्येष्टि समेत गरिसकिएको छ ।  शुक्रबार दिनभरिको खोजी प्रयास गरिएपनि नभेटिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

उनका अनुसार दुई मोटरबोट, दुई र्‍याफ्ट बोट, सोनार क्यामरा सहित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालको कमान्डमा ९ जना गोताखोर सहित १ सय ९ जनाको सुरक्षा फौजले खोजी गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप