आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा

आइतबार, २५ जेठ २०८२, ०९ : २२
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • भियतनाममा हुने 'मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५' मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने।
  • प्रतियोगिता जुन १४ मा क्वी नन सहरमा हुनेछ, जसमा प्रशंसा 'मिस' र रोहित 'मिस्टर' विधामा प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगीहरूलाई स्मार्ट गफले पठाएको हो, र उनीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले निखारेका छन्।

काठमाडौँ । भियतनाममा आयोजित ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने भएका छन् । बिन दिन प्रान्तको क्वी नन सहरमा आयोजना हुने प्रतियोगीताका लागि उनीहरू शनिबार साँझ भियतनाम उडेका छन् ।

जुन १४ मा आयोजना हुने प्रतियोगितामा प्रशंसाले ‘मिस’ र रोहितले मिस्टर विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रशंसा नृत्य र खेलकुदमा रुचि राख्ने प्रशंसाले भविष्यमा सुपरमोडल बन्ने सपना राखेकी छन् । उनले यसअघि ‘हेरिटेज जेम्स युनिभर्स २०२५’ र ‘मोडल सुपरस्टार २०२४’को उपाधि जितेकी छन् । 

रोहित अभिनय, गायन र खेलकुदमा रुचि राख्छन् । सफल अभिनेता तथा गायक बन्ने लक्ष्य लिएका उनले यसअघि उनले ‘युनाइटेड नेशन्स पेजेन्ट नेपाल २०२५’मा पब्लिक चोइस अवार्ड जितेका थिए । 

उनीहरूलाई प्रतियोगितामा स्मार्ट गफले पठाएको हो । स्मार्ट गफ ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि नेपालको आधिकारिक फ्रेन्चाइज होल्डर हो । उनीहरूसँग  नेपालकी राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र स्मार्ट गफका कार्यक्रम निर्देशक रमेशजङ्ग शाही पनि कार्यक्रममा सहभागी हुनेछन् । दुबै प्रतियोगीको प्रतिभा निखार्ने काम अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप