एकतामा फाटो ल्याउन एमालेभित्रै केहीले भ्रम फिँजाइरहेका छन् : ओली
आइतबार, २५ जेठ २०८२, १५ : ४७

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा फाटो ल्याउन भ्रम फैलाइएको आरोप लगाए।
- ओलीले पार्टीभित्रै भ्रम फैलाउने तत्वहरू सक्रिय रहेको र उनीहरूको पछि नलाग्न आग्रह गरे।
- एमालेले लोकतन्त्रका लागि ठूलो संघर्ष गरेको र अहिले फेसबुके फाटोको कुनै अर्थ नभएको उनको भनाइ थियो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्र फाटो ल्याउन केहीले भ्रम फिँजाउन खोजिएको आरोप लगाएका छन् । पार्टी निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको आइतबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
‘एमालेमा फाटो ल्याउन अहिले भ्रम फिँजाउने तत्त्वहरू सक्रिय छन् । एमालेभित्रै भ्रम फिजाउनेहरु छन् । हामी अँध्यराको पक्ष लाग्ने होइन’, ओलीले भने, ‘एमालेमा अनेकौँ खालको फाटो ल्याउन एकता हुँदै हुँदैन भन्ने अनेकन् भ्रम फिँजाउन खोज्दैछन् । अनेरास्ववियुमा सर्वसहमति सबैभन्दा राम्रो कुरा हो । केही साथीले त्याग गर्नुभयो भने सहमति हुन्छ ।’
एमालेले ठुलो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको दाबी गर्दै ओलीले अहिले लोकतन्त्रको नाममा फेसबुके फाटोको ल्याउन खोज्नुको कुनै अर्थ नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी