एकतामा फाटो ल्याउन एमालेभित्रै केहीले भ्रम फिँजाइरहेका छन् : ओली
आइतबार, २५ जेठ २०८२, १५ : ४७
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा फाटो ल्याउन भ्रम फैलाइएको आरोप लगाए।
- ओलीले पार्टीभित्रै भ्रम फैलाउने तत्वहरू सक्रिय रहेको र उनीहरूको पछि नलाग्न आग्रह गरे।
- एमालेले लोकतन्त्रका लागि ठूलो संघर्ष गरेको र अहिले फेसबुके फाटोको कुनै अर्थ नभएको उनको भनाइ थियो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्र फाटो ल्याउन केहीले भ्रम फिँजाउन खोजिएको आरोप लगाएका छन् । पार्टी निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको आइतबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
‘एमालेमा फाटो ल्याउन अहिले भ्रम फिँजाउने तत्त्वहरू सक्रिय छन् । एमालेभित्रै भ्रम फिजाउनेहरु छन् । हामी अँध्यराको पक्ष लाग्ने होइन’, ओलीले भने, ‘एमालेमा अनेकौँ खालको फाटो ल्याउन एकता हुँदै हुँदैन भन्ने अनेकन् भ्रम फिँजाउन खोज्दैछन् । अनेरास्ववियुमा सर्वसहमति सबैभन्दा राम्रो कुरा हो । केही साथीले त्याग गर्नुभयो भने सहमति हुन्छ ।’
एमालेले ठुलो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको दाबी गर्दै ओलीले अहिले लोकतन्त्रको नाममा फेसबुके फाटोको ल्याउन खोज्नुको कुनै अर्थ नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण