उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
सारांश
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध जारी राख्ने निर्णय गरेका छन्।
- संसद भवनमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले देउवासँगको छलफलबारे जानकारी गराएका थिए, जसमा देउवा छानबिन समिति बनाउन तयार देखिएनन्।
- विपक्षी दलहरूले छानबिन समिति गठन नभएसम्म संसदको अवरोध जारी राख्ने अडान लिएका छन्, र कांग्रेस नेताहरूसँगको छलफल पनि सकारात्मक भएन।
काठमाडौँ । भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएको माओवादीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए ।
‘भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हाम्रो अडान कायमै छ । समिति गठन गर्न प्रचण्डले देउवासँग राख्नुभएको प्रस्तावबारे पनि तयार भएको देखिएन । अहिले सत्तापक्षकै नेताहरू छलफलमा होलान् । हाम्रो अडान यथावत रहेको छ’, पाण्डेले भने ।
विपक्षी दलहरूको निर्णय लिएर उपमहासचिव शक्ति बस्नेतले कांग्रेसका नेताहरूसँग गरिएको छलफल समेत सकारात्मक नभएको पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण