उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै

समाचार सारांश
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध जारी राख्ने निर्णय गरेका छन्।
- संसद भवनमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले देउवासँगको छलफलबारे जानकारी गराएका थिए, जसमा देउवा छानबिन समिति बनाउन तयार देखिएनन्।
- विपक्षी दलहरूले छानबिन समिति गठन नभएसम्म संसदको अवरोध जारी राख्ने अडान लिएका छन्, र कांग्रेस नेताहरूसँगको छलफल पनि सकारात्मक भएन।
काठमाडौँ । भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएको माओवादीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए ।
‘भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हाम्रो अडान कायमै छ । समिति गठन गर्न प्रचण्डले देउवासँग राख्नुभएको प्रस्तावबारे पनि तयार भएको देखिएन । अहिले सत्तापक्षकै नेताहरू छलफलमा होलान् । हाम्रो अडान यथावत रहेको छ’, पाण्डेले भने ।
विपक्षी दलहरूको निर्णय लिएर उपमहासचिव शक्ति बस्नेतले कांग्रेसका नेताहरूसँग गरिएको छलफल समेत सकारात्मक नभएको पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)