सेयर बजारमा ११ अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि
काठमाडौँ । साताको पहिलो कारोबार आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अङ्कले घटेर २,६२९.८९ को बिन्दुमा पुगेर बन्द भएको छ । यो ०.४१ प्रतिशतको गिरावट हो।
परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ८६ हजार ६३६ पटकको कारोबारमा कुल १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ। आज कारोबारमा आएका कुल ३१३ कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन।
कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी सबैभन्दा धेरै कमाउने कम्पनीको सूचीमा रिभर फल्स पावर लिमिटेड रह्यो, जसको सेयर मूल्यमा ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लाग्यो।
आजको कारोबारपछि सेयर बजारको कुल बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण