अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
काठमाडौँ । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थगित भएको छ । निर्वाचनको माग गर्दै नाराबाजी सुरु भएपछि बन्द सत्र स्थगित गरिएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका छन् । उनले ती नामहरू प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेका हुन् । जसले गर्दा बन्दसत्र स्थगित गरेर अहिले सहमतिको प्रयास भइरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही आधारमा ढकालले सर्वसम्मतका लागि प्रस्ताव गरेका थिए । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामीले चुनावको माग गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेको हो । ‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण