अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी

काठमाडौँ । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थगित भएको छ । निर्वाचनको माग गर्दै नाराबाजी सुरु भएपछि बन्द सत्र स्थगित गरिएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका छन् । उनले ती नामहरू प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेका हुन् । जसले गर्दा बन्दसत्र स्थगित गरेर अहिले सहमतिको प्रयास भइरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही आधारमा ढकालले सर्वसम्मतका लागि प्रस्ताव गरेका थिए । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामीले चुनावको माग गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेको हो । ‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा