आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी
काठमाडौँ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (आईएमआर) ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) बाट इन्टरनेशनल रिक्रुटमेन्ट सिष्टम (आईरिस) सर्टिफिकेटे पाएको छ । आईरिसअन्तर्गत मान्यता पाई प्रमाणीकरण हुने आईएमआर पहिलो नेपाली कम्पनी बनेको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक प्रबन्ध निर्देशक वाइबी राईले न्यायोचित र नैतिक भर्ना प्रक्रिया (इथिकल रिक्रुटमेन्ट) को मूल्यांकन गरेर आईओएमले आईरिसअन्तर्गत प्रमाणित गरेको बताए ।
सन् २००४ देखि मलेसिया तथा खाडीसहित विभिन्न देशहरूमा कामदार पठाउँदै आएको आईएमारले सन् २०१६ देखि ईथिकल रिक्रुटमेन्टको प्रक्रियाको प्रारम्भ सुरु गरेको थियो । कम्पनीले सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित स्वच्छ श्रमिक भर्ना प्रक्रिया अपनाउँदै आएको कम्पनीले जनाएको छ ।
सन् २०२१ देखि आईओएमबाट सञ्चालित न्यायोचित र नैतिक भर्ना प्रक्रियासम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी हुँदै आएको थियो । क्षमता अभिवृद्धिसम्बन्धी चरण पूरा गरेर पूर्व लेखापरीक्षण समेत सम्पन्न गरेपछि आईओएमले सन् २०२३ अगष्टमा आईरिस सर्टिफाईड गरेको प्रबन्ध निर्देशक राईले बताए ।
सिफारिसपछि आईओएमले गहन र विस्तृत लेखापरीक्षण गरेर सन् २०२५ को मे २८ मा औचारिकरूपमा आईरिस प्रमाणपत्र प्रदान गरेको थियो । कम्पनीले हालसम्म १८ हजारभन्दा बढी नेपाली कामदारलाई मलेसिया, कतार, यूएई र साउदी अरेबियामा इथिकल रिक्रुटमेन्टको प्रक्रियाका माध्यमबाट पठाएको राईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण