आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी

काठमाडौँ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (आईएमआर) ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) बाट इन्टरनेशनल रिक्रुटमेन्ट सिष्टम (आईरिस) सर्टिफिकेटे पाएको छ । आईरिसअन्तर्गत मान्यता पाई प्रमाणीकरण हुने आईएमआर पहिलो नेपाली कम्पनी बनेको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक प्रबन्ध निर्देशक वाइबी राईले न्यायोचित र नैतिक भर्ना प्रक्रिया (इथिकल रिक्रुटमेन्ट) को मूल्यांकन गरेर आईओएमले आईरिसअन्तर्गत प्रमाणित गरेको बताए ।
सन् २००४ देखि मलेसिया तथा खाडीसहित विभिन्न देशहरूमा कामदार पठाउँदै आएको आईएमारले सन् २०१६ देखि ईथिकल रिक्रुटमेन्टको प्रक्रियाको प्रारम्भ सुरु गरेको थियो । कम्पनीले सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित स्वच्छ श्रमिक भर्ना प्रक्रिया अपनाउँदै आएको कम्पनीले जनाएको छ ।
सन् २०२१ देखि आईओएमबाट सञ्चालित न्यायोचित र नैतिक भर्ना प्रक्रियासम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी हुँदै आएको थियो । क्षमता अभिवृद्धिसम्बन्धी चरण पूरा गरेर पूर्व लेखापरीक्षण समेत सम्पन्न गरेपछि आईओएमले सन् २०२३ अगष्टमा आईरिस सर्टिफाईड गरेको प्रबन्ध निर्देशक राईले बताए ।
सिफारिसपछि आईओएमले गहन र विस्तृत लेखापरीक्षण गरेर सन् २०२५ को मे २८ मा औचारिकरूपमा आईरिस प्रमाणपत्र प्रदान गरेको थियो । कम्पनीले हालसम्म १८ हजारभन्दा बढी नेपाली कामदारलाई मलेसिया, कतार, यूएई र साउदी अरेबियामा इथिकल रिक्रुटमेन्टको प्रक्रियाका माध्यमबाट पठाएको राईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा