बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सारांश
- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ।
- बैंक तथा वित्तीय संस्थाहरूले २० दिनका लागि बोलकबोलमा भाग लिन सक्नेछन्। बोलकबोलको समय सोमबार दिउँसो ३ बजे तोकिएको छ।
- यो निक्षेप सङ्कलनको बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।
राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण