हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु
बुधबार, २८ जेठ २०८२, १३ : ३०

समाचार सारांश
- कचनकवल गाउँपालिका-७ मा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ५७ वर्षीय किर्खनाथ खनाल रहेका छन्, जो आफ्नो बारीमा तारबार लगाउने व्यक्ति थिए।
- प्रहरीका अनुसार, खनालको घटनास्थलमै मृत्यु भएको हो, जब उनी बिहान बाख्रा चराउन गएका थिए।
झापा । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।
हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेका र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?