एमालेको झोलामा राष्ट्रवाद छ : गुरुङ

समाचार सारांश
- प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एमाले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर अघि बढेको बताए।
- उनले आफू जनताका माग र मुद्दाको झोला बोकेर आएको बताउँदै एमालेको झोले हुनमा गौरवबोध गर्नुपर्ने बताए।
- गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको र यसैले आफू एमालेको झोले भएको जिकिर गरे।
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् ।
बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने जिकिर गरे ।
मन्त्री गुरुङले भने, ‘झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकेर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो । एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ । त्यसैले अटेको छ ।’
मन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महसुस गर्नुपर्ने बताए । आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर गरे ।
उनले भने, ‘आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत् रूपमा किन्प्रिहेन्सिभ डेमोक्रेसी भनेका छौँ । त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले । एमालेको राष्ट्रियता, कूटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रूपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन । हाम्रो दर्शन, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’
-
सिटी छाडेर नापोली पुगे डी ब्रुयना
-
मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु