इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले १५ दिनभित्र इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई दरखास्त बुझाउन सूचना मार्फत जानकारी गराएको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २७ को उपदफा (१) अनुसार रजिष्ट्रार नियुक्तिका लागि आवेदन खुला गरेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले कार्यालय समयमा सिंहदरबारस्थित पूर्वाधार निर्माण तथा यातायात महाशाखामा रीतपूर्वक दरखास्त बुझाउन अनुरोध गरेको छ ।
जसका लागि इन्जिनियरिङ विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि प्राप्त गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको, उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध कारोबार, अपहरण लगायत फौजदारी कसुरमा सजाय नपाएको व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण