केसीको नेतृत्वमा कांग्रेसका पूर्व सांसदहरूको टोली चीन भ्रमणमा जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसदहरूको १७ सदस्यीय टोली बिहीबार चीन भ्रमणमा जाँदै छ । पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसीको नेतृत्वमा आज राति साढे ११ बजे टोली चीन भ्रमणमा जान लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा आफूहरू चीन भ्रमणमा जान लागेको केसीले जानकारी दिए । भ्रमणको मुख्य उद्देश्य कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको केसीले बताए । भ्रमण टोली आज राति ११ः३० बजे काठमाडौँबाट चीनको गोन्जाउ हुँदै भोलि दिउँसो बेइजिङ पुग्ने कार्यक्रम छ । टोली १९ तारेखमा नेपाल फर्कने कार्यक्रम छ ।
केसीले आफू नेतृत्वको टोली चीन भ्रमणमा जान लागेकोबारे सभापति शेरबहादुर देउवालाई बिहान देउवा निवासमा भेटेर जानकारी गराएका छन् । केसीले देउवासँग भेटेर चीन भ्रमणबारे जानकारी गराएका थिए । त्यसअघि उनले नेता डा. शेखर कोइरालालाई पनि आफ्नो नेतृत्वमा चीन भ्रमणमा जान लागेको टोलीबारे जानकारी गराएका थिए ।
केसीसँग उनकी श्रीमती कांग्रेस नेतृ रिना उप्रेती, कांग्रेस धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठ, कांग्रेस सङ्खुवासभाका पूर्व सभापति दिपेनकुमार श्रेष्ठ, कांग्रेस अर्घाखाँचीका पूर्व सभापति विष्णुमुस्कान खनाल छन् ।
त्यस्तै इशा घर्ती, प्रकाश रानासहितका नेताहरू छन् । घर्ती कांग्रेस नेता दीलबहादुर घर्तीकी छोरी हुन् । राना पूर्व विद्यार्थी सङ्घका नेता हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले कांग्रेसका नेताहरूलाई मात्रै एकै पटक बोलाएर साता व्यापी भ्रमण गराउन लागेको पहिलो पटक भएको कांग्रेस नेताहरू बताउँछन् ।
यसअघि कांग्रेस नेताहरूसँग अन्य पार्टीका नेताहरूलाई पनि चिनियाँ कम्युनिस्ट पार्टीले बोलाउने गरेको भए पनि यसपटक कांग्रेसका नेताहरू मात्रैको टोली चीन भ्रमणमा जान लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’
-
प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
-
नेसपा (नयाँ शक्ति) को निष्कर्ष : भ्रष्टीकृत पुराना सत्तासीन दलहरूका कारण वैकल्पिक शक्ति अनिवार्य (कार्यपत्रसहित)
-
गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा