सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

समाचार सारांश
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ, जसमा प्रतिनिधिसभा दिउँसो १ बजे र राष्ट्रियसभा १:१५ बजे सुरु हुनेछ।
- प्रतिनिधिसभामा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२-८३ को बजेटमाथि छलफलको प्रस्ताव पेश गर्नेछन् भने निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेस हुनेछ।
- राष्ट्रियसभामा स्वास्थ्य र कृषि मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर हुनेछ भने त्रिभुवन विश्वविद्यालय ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनसम्बन्धी प्रतिवेदन पेश हुनेछ।
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
यता राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” सभा समक्ष पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु तीन सय बढी घाइते
-
चार जिल्लाका ११ स्थानीय तह ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
-
प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
-
इजरायली पाइलट पक्राउ परेको इरानी दाबी झुटो: इजरायली सेना
-
इरानी आक्रमणपछि इजरायलमा हाल ४० जना उपचाररत
-
इजरायली रक्षा मन्त्रीको चेतावनीः ‘इरानले रातो रेखा पार गर्यो’