आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार बढी व्यवसायीलाई कारबाही

शनिबार, ३१ जेठ २०८२, १३ : ४५
शनिबार, ३१ जेठ २०८२

जनकपुरधाम । यहाँस्थित गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ८८१ वटा व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र  अनुमतिपत्र प्रदान गरेको छ ।

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरूले आफूखुसी ढक तथा तराजु र ‘डिजिटल’ नापतौल यन्त्रको प्रयोग गरेका थिए ।

उनीहरूलाई  कारबाही गरेर कानुनको दायरामा ल्याइएको उक्त कार्यालयका प्रमुख सुनिल यादवले बताए ।

दश महिनामा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको तथा सर्लाही, महोत्तरी एवं रामेछापमा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी जानकारी गराइएको छ । सो अवधिमा रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन भएको जानकारी उनले दिए । 

          

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप