महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
सारांश
- विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कुटी काट्ने मेसिन वितरण गरेको छ।
- कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्की लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो र २२ वटा च्याप कटर हस्तान्तरण गरियो।
- विराटनगरका विभिन्न वडाहरूका पशुपालक कृषक समूहलाई मेसिन वितरण गरिएको छ, जसको एउटाको मूल्य ३३ हजार रुपैयाँ पर्छ।
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण गरेको छ । कृषकहरूलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।
कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपक्षी शाखा संयोजक हीरालाल यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरेका थिए ।
महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ पर्दछ । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण