आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

शनिबार, ३१ जेठ २०८२, २० : ०२
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • हेटौँडा-वीरगञ्ज सडक खण्डमा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते।
  • वीरगञ्जबाट हेटौँडा आउँदै गरेको बसले कारलाई ठक्कर दिएपछि ट्याङ्कर र रूखमा ठोक्किएर दुर्घटना हुनबाट जोगियो।
  • घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगियो, जसमा बसका चार र कारका छ जना सवार थिए।

मकवानपुर । हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । 

आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप