आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
अपडेट

रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

आइतबार, ०१ असार २०८२, १० : २८
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा विरोध जारी राख्ने भएका छन्।
  • सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डरबारे छलफल गर्न बोलाएको बैठकमा दुवै पार्टीले जानकारी गराएका हुन्।
  • संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ, माओवादी केन्द्रले भने सहमति जनाएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् । 

आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन् । 

जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन् । 

भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिसँगै माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ । संसद् बैठक ११ बजे बस्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप