अपडेट
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने
आइतबार, ०१ असार २०८२, १० : २८
सारांश
- रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा विरोध जारी राख्ने भएका छन्।
- सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डरबारे छलफल गर्न बोलाएको बैठकमा दुवै पार्टीले जानकारी गराएका हुन्।
- संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ, माओवादी केन्द्रले भने सहमति जनाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् ।
आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन् ।
जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिसँगै माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ । संसद् बैठक ११ बजे बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण