हेवा खोलाको पुल भाँचिएको बारे छानबिन समिति गठन
सारांश
- फिदिम-ताप्लेजुङ सडक खण्डमा निर्माणाधीन पुल भाँचिएपछि छानबिनका लागि भौतिक पूर्वाधार मन्त्रालयले समिति गठन गरेको छ।
- उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिले पुल भत्किनुको कारण पत्ता लगाउने र भविष्यमा यस्ता घटना रोक्न सुझाव दिनेछ।
- समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ र पुल भत्किँदा ३ जनाको ज्यान गएको थियो।
काठमाडौँ । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।
मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी आइतबार ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।
समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरु गरिसकेको छ ।
पुल भाँचिदा ३ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण